लेवान्डोस्की चम्कदा बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । मेम्फिस डिपेले एक गोल थपे ।
खेलको १४ औं मिनेटमा गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो ।
३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।
खेलको ४१ औं मिनेटमा मेम्फिसले गोल गरेपछि बार्सिलोना २-० ले अघि रह्यो।
४५ औं मिनेटमा इल्चेका मुख्य प्रशिक्षक फ्रान्सिस्को रोड्रिगेजले रातो कार्ड पाए ।
त्यसपछि खेलको ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले ६ खेलमा १६ अंक जोडेको छ ।
इल्चे १ अंक जोडेर पुछारमा रहेको छ ।







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
