काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख पराजित भएको छ ।
शनिबार भएको खेलमा बायर्नलाई अग्स्वर्गले १-० गोल अन्तरले हराएको हो ।
अग्स्वर्गलाई जित दिलाउन मेर्गिम बेरीशाले निर्णायक गोल गरे ।
अग्स्वर्गको जितमा मेर्गिमले ५९ औं मिनेटमा निर्णायक गोल गरे ।

यस जितसँगै अग्स्वर्गले ७ खेलमा ९ अंक जोडेको छ ।
अग्स्वर्ग ११ औं स्थानमा रहेको छ ।
बायर्नले ७ खेलमा १२ अंक जोडेको छ ।
बायर्न चौंथो स्थानमा रहेको छ ।