काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा १० खेलाडीमा सिमित उल्भ्सलाई ३-० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।
सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एर्लिङ हालाण्ड र फिल फोडेनले एक एक गोल गरे ।
खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

१६ औं मिनेटमा हालाण्डले गोल गरेपछि सिटी २-० ले अघि रह्यो ।
खेलको ३३ औं मिनेटमा नाथन कोलिन्सले रातो कार्ड पाएपछि उल्भ्स १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३-० को जित दिलाए ।
यस जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ७ खेलमा १७ अंक जोडेको छ ।
उल्भ्स ६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
