दशैं कप यू-२१ फुटसल हुने
शनिबार, ०१ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा लमजुङ फुटसलले दशैं कप यू-२१ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजक लमजुङ फुटसलले प्रतियोगिता असोज १० गतेबाट सुरु हुने जनाएको छ ।
प्रतियोगिताको विजेताले ४० हजार पाउने छन् । यस्तै दोस्रो हुने टोलीले १५ हजार पाउने छन् ।
उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले १ हजार पाउने छन् ।
प्रतियोगिताका लागि दर्ता शुल्क ५ हजार ५ सय राखिएको आयोजकले जनाएको छ ।

दशैं कप यू-२१ फुटसल हुने









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


