काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्ड प्रिमियर लिगमा अगस्ट महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर लिगले हालाण्डलाई अगस्ट महिनाको 'प्लेयर अफ द मन्थ' घोषित गरेको छ ।
अगस्ट महिनाको उत्कृष्ट खेलाडी बन्दै हालाण्डले प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् ।
हालाण्डले अगस्टमा ५ खेलमा ९ गोल गरेका थिए ।
यसै समरमा सिटी आएका हालाण्डले क्लबका लागि उत्कृष्ट खेलिरहेका छन् ।
नर्वेजियन फरवार्डले पहिलो पटक प्रिमियर लिगको प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन्।
