काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले नटिङघम फरेस्टलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा फुलहमले फरेस्टलाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलको ११ औं मिनेटमा टाइवो अवोनियीले गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए ।
५४ औं मिनेटमा टोसिन एडराबियोले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
५७ औं मिनेटमा पाल्हिन्हाले गोल गरेपछि फुलहम २-१ ले अघि रह्यो ।
खेलको ६० औं मिनेटमा हारिसन रिडले गोल गर्दै फुलहमलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा फरेस्टका लेविस ओब्रिनले गोल गरेपनि फुलहम ३-२ ले विजयी भयो ।
जितसँगै फुलहमले ७ खेलमा ११ अंक जोडेको छ ।
फुलहम छैटौं स्थानमा रहेको छ ।
फरेस्ट ४ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।