पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा
शुक्रबार, भदौ ३१, २०७९खेलपाटी संवाददाता

इटहरी । नवौं राष्ट्रिय खेलकुदको प्रदेश-१ छनोट अन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।
पुरुष भलिबलमा झापा, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभाले अन्तिम चारमा स्थान बनाएका छन् ।
शुक्रबार भएको खेलमा झापाले उदयपुरलाई २५-११ र २५-२१ ले हराएर अन्तिम चारको यात्रा तय गर्यो ।
ओखलढुंगाले खोटाङलाई २५-१२ र २५-११ ले हरायो ।
सोलुखुम्बुले भोजपुरलाई तथा संखुवासभाले तेर्हथुमलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको छ ।
पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)