काठमाडौं । इंग्लिस क्लब ब्रेन्टफोर्डका फरवार्ड इभान टोनी पहिलो पटक इंग्ल्यान्डको टोलीमा परेका छन्।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले नेसन्स लिग खेलका लागि बोलाएको टोलीमा टोनी परेका छन् ।
इंग्ल्यान्डले यसै महिना नेसन्स लिगमा इटाली र जर्मनीसँग खेल्दैछ ।
२६ वर्षीय टोलीले इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
यस सिजन ६ प्रिमियर लिग खेलमा उनले ५ गोल गरिसकेका छन् ।
यस्तै इंग्ल्यान्डको टोलीमा गोलकिपर डीन हेन्डरसर, डिफेन्डर एरिक डियर र बेन चिलवेलले पुनरागमन गरेका छन् ।
चोटका कारण मिडफिल्डर जोर्डन हेन्डरसन र गोलकिपर जोर्डन पिकफोर्ड परेका छैनन् ।
डिफेन्डर बेन ह्वाइट र मिडफिल्डर कोनोर गल्लाघेर टोलीबाट बाहिरिएका छन् ।
यस्तै मार्कुस राषफोर्ड र जाडोन सान्चो टिममा अटाएका छैनन् ।
