रोड्रिगेज ओलम्पियाकोसमा अनुबन्धित
बिहिबार, ३० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । कोलम्बियाका मिडफिल्डर हामेस रोड्रिगेज ग्रीसको क्लब ओलम्पियाकोस एफसीमा अनुबन्धित भएका छन् ।
ओलम्पियाकोसले शुक्रबार रोड्रिगेजलाई अनुबन्धित गरिएको जनाएको छ ।
३१ वर्षीय मिडफिल्डर कतारी क्लब अल रायनमा एक सिजन बिताएर युरोपियन क्लब फर्किएका हुन् ।
उनी २०२१ मा अल रायनमा अनुबन्धि भएका थिए । रोड्रीगेज इंग्लिस क्लब एभर्टनबाट कतार गएका थिए ।
रोड्रिगेजले कतारी क्लबका लागि ११ खेल ४ गोल गरेका छन् ।
कोलम्बियाका लागि ८६ खेलमा उनले २४ गोल गरेका छन् ।
ओलम्पियाकोसले हालै ब्राजिलियन डिफेन्डर मार्सेलोलाई समेत अनुबन्ध गरेको थियो ।
रोड्रिगेज ओलम्पियाकोसमा अनुबन्धित







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
