झापाको दमकमा महिला भलिबल सुरु
बिहिबार, भदौ ३०, २०७९खेलपाटी संवाददाता

दमक । नवौं राष्ट्रिय खेलकुदको छनोट अन्तर्गत प्रदेश एक स्तरिय महिला भलिबल झापाको दमकमा बुधबारबाट सुरु भएको छ ।
प्रदेश नम्बर एक खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले महिला भलिबलको उद्भाटन गरे ।
प्रतियोगिताको पहिलो दिन दमकमा संखुवासभाले पाँचथरलाई २५-११ र २५-११ ले हराएर विजयी सुरुआत गरेको छ ।
त्यसैगरी तेह्रथुमले इलामलाई २५-१७ र २५-१९ ले हरायो ।
दिनको तेस्रो खेलमा झापाले सोलुखुम्बुलाई २५-१७ र २५-२३ ले पाखा लगायो।
कमल गाउँपालिकाको पाडाजुगीँमा भएको खेलमा ओखलढुंगा,खोटाङ र उदयपुरले जित हासिल गरेका छन् ।
ओखलढुंगाले धनकुटा, खोटाङले ताप्लेजुङ र उदयपुरले सुनसरीलाई हराएको छ ।

झापाको दमकमा महिला भलिबल सुरु













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)