काठमाडौं । च्याम्पियन्स लिगमा आज राति इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दैछ । दुबैले इतिहाद स्टेडियममा बुधबारको समूह 'जी' भिडन्तमा आफ्नो उत्कृष्ट लय जारी राख्न प्रयास गर्नेछन् । खेल १२ : ४५ मा सुरु हुनेछ ।
पेप ग्वार्डिओलाको टोलीले पहिलो खेलमा सेभियालाई ४-० ले पराजित गरेको थियो भने डर्टमन्डले घरेलु मैदानमा कोपेनहेगनलाई ३-० ले हराएको थियो ।
आजको खेल एर्लिङ हालान्डको लागि महत्वपुर्ण हुनेछ । आज उनी आफ्नो पूर्व क्लबविरुद्ध उत्रिदै छन् । हालान्डको प्रिमियर लिगमा गोल गर्ने क्षमता इतिहाद स्टेडियममा मात्र होइन च्याम्पियन्स लिगमा पनि पहिले नै बलियो रुपमा स्थापित भइसकेको छ ।
यस्तै डर्टमन्डकै पूर्व खेलाडीहरु इल्काय गुन्डोगन, म्यानुएल अकान्जी, सर्जियो गोमेज पनि आज सिटीको जर्सीमा पुर्व क्लबविरुद्ध देखिने छन् ।
२२ वर्षीय खेलाडीले सेभिल्लाविरुद्ध दुई गोल गरेर च्याम्पियन्स लिगका २० खेलमा आफ्नो युरोपेली गोलको संख्या २५ पुर्याए । यस्तै फिल फोडेन र रुबेन डियासले पनि एस्टाडियो रामोन सान्चेज पिज्जुआनमा गोल गरेका थिए ।
सिटी सिजनका पहिलो सात खेलमा अपराजित रहेको छ । र, आफ्नो चार घरेलु भिडन्तमा प्रत्येकमा कम्तिमा तीन गोल गरेको छ । पेप ग्वार्डिओलाको लागि यो १५० औं च्याम्पियन्स लिग खेल हुनेछ ।
यता रेड बुल एरिनामा भोगेको हारले डर्टमन्डको लगातार तीन जित समाप्त भयो । तर जियोभन्नी रेइनाको राम्रो प्रभाव महसुस भयो।
घाइते थोरगन हाजार्डको स्थानमा आउँदै, १९ वर्षीयाले कोपेनहेगन विरुद्ध जुड बेलिङ्घम र राफेल गुरेइरोसँग तालमेल सेट गरेका थिए । डर्टमन्ड सिटीविरुद्धको च्याम्पियन्स लिगको हारबाट बच्न उनले मुख्य भूमिका खेल्ने आशा गर्छ ।
के छ दुवै टोलीको अवस्था ?
सिटी डिफेन्सिभ जोडी काइल वाकर र जोन स्टोन्स दुबै चोटका कारण सेभियाविरुद्धको जित गुमाउन बाध्य हुने छन् । यद्दपी एम्रिक लापोर्ट फिर्ता भएका छन् तर खेल्ने छन् या छैनन् शंका छ ।
ग्वार्डिओलासँग जुलियन अल्भारेज, फिल फोडेन, रियाद महारेज र ज्याक ग्रेलिस मध्य कसलाई सुरुआती एघारमा खेलाउने दबाब हुनेछ ।
डर्टमन्डका हाजार्डले कोपेनहेगनसँगको खेलमा २३ मिनेट मात्रै टिकेका थिए । उनी तिघ्राको चोटले मैदान बाहिरिनु परेको थियो ।
रेइना र मारियस वुल्फ स्ट्यान्डबाइमा छन् । डर्टमन्डको सूचीमा ग्रेगोर कोबेल, सेबास्टियन हलर, महमूद दाहौद, जेमी बाइनो-गिटन्स र माटेउ मोरे अनुपस्थित छन् ।
डोनेएल मालेन र करिम अडेमी यस खेलबाट हालसम्म बाहिरिएका छैनन्, तर यो जोडी उपलब्ध हुने अत्यन्तै पातलो सम्भावना मात्र मानिन्छ, त्यसैले एन्थोनी मोडेस्टले आक्रमणको जिम्मेवारी फेरि उठाउनुपर्छ ।
सिटीको सम्भावित-११ :
एडरसन, क्यान्सेलो, रुबेन डियास, अकान्जी, गोमेज़, बर्नाडो सिल्भा, रोड्रि, डी ब्रुइन, फिल फोडेन, हालान्ड, ज्याक ग्रिलिश
डर्टमन्डको सम्भावित-११ :
मेयर, मुनिएर, सुले, स्क्लोटेर्बेक, गुरेइरो, ओज्कान, बेलिङ्घम, ब्रान्ड, रेउस, रेइना, मोडेस्टे
खेलपाटी अनुमान : म्यान सिटी ३-१ बोरुसिया डर्टमन्ड