काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर गाभीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बार्सिलोनाले बुधबार सेन्टर मिडफिल्डर गाभीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै गाभी २०२६ सम्म क्याम्प नाउमा रहने छन् ।
१८ वर्षीय स्पेनिस मिडफिल्डर गाभी बार्सिलोनाको एकेडेमीको उत्पादन हुन् ।
२०२१ मा गाभीले बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
बार्सिलोनाका लागि उनले ३९ ला लिगामा २ गोल गरेका छन् ।
स्पेनका लागि उनले १० खेलमा १ गोल गरेका छन् ।