काठमाडौं । इंग्लिस क्लब चेल्सीका गोलकिपर एडुवार्ड मेन्डी र मिडफिल्डर एनगालो कान्टेले च्याम्पियन्स लिग अन्तर्गत आरबी साल्जवर्गविरुद्धको खेल गुमाउने छन् ।
चोटका कारण मेन्डी र कान्टेले साल्जवर्गविरुद्धको खेल गुमाउने भएका हुन् ।
मेन्डीले घुँडाको चोट बोक्दा कान्टेले हयामस्ट्रीङ चोट बोकेका छन् ।
चेल्सीले घरेलु मैदानमा बुधबार राति अष्ट्रियन क्लबको सामना गर्नेछ ।
पहिलो खेलमा हार व्यहोरेको चेल्सी घरेलु मैदानमा भने जित निकाल्न चाहन्छ ।
नवनियुक्त प्रशिक्षक ग्राहम पोर्टरको नेतृत्वमा चेल्सीले पहिलो पटक खेल्न लागेको हो ।
पहिलो खेलमा डिनामो जाग्रेबसँग पराजित भएपछि चेल्सीले थोमस टुचेललाई बर्खास्त गर्दै पोर्टरलाई नियुक्त गरेको हो ।