काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पहिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति डच क्लब आयाक्सलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुलले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे ।
खेलको १७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर,२७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेको छ ।
समूह 'ए' को लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा लिभरपुल नापोलीसँग पराजित भएको थियो ।
आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।