काठमाडौं । पाकिस्तानले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।
मंगलबार भएको खेलमा माल्दिभ्सलाई ७-० गोल अन्तरले हराउँदै पाकिस्तानले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले एक एक गोल गरिन् ।
३९ औं मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
खेलको ४८ औं मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २-० को अग्रता दिलाईन् ।
५३ औं मिनेटमा नाडियाले गोल गरेपछि पाकिस्तान ३-० ले अघि रह्यो ।
खेलको ७८ औं मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४-० को अग्रता दिलाईन् ।
खेलको ८४ औं मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५-० गोलको अग्रता दिलाईन् ।
खेलको ९० औं मिनेटमा नाडियाले व्यक्तिगत चौंथो गोल गर्दै पाकिस्तानलाई ६-० को अग्रता दिलाईन् ।
त्यसपछि खेलको इन्जुरी समयमा अनमुलले गोल गरेपछि पाकिस्तान ८-० ले विजयी भयो ।
यस जितसँगै पाकिस्तानले महिला साफको सुखद अन्त्य गरेको छ । पाकिस्तानले अन्तराष्ट्रिय फुटबलमा आठ वर्षपछि जित निकालेको हो ।
समूह ए को पाकिस्तानले ३ खेलमा ३ अंक जोड्यो । तर, पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउन सकेन ।
माल्दिभ्स भने जित विहीन घर फर्किएको छ । अंक विहीन माल्दिभ्स समूहको पुछारमा रह्यो ।
यस समूहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
यसै समूहको अन्तिम खेलमा आजै भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल साँझ ५:३० बजे सुरु हुनेछ । यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।