रोबर्टसनले आयाक्सविरुद्धको खेल गुमाउने
मंगलबार, २८ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले च्याम्पियन्स लिग अन्तर्गत आयाक्सविरुद्धको खेल गुमाउने भएका छन् ।
घुँडाको चोटको कारण रोबर्टसनले डच क्लबविरुद्धको खेल गुमाउने भएका हुन् ।
स्कटिस डिफेन्डर रोबर्टसन आगामी अक्टोबरसम्म मैदान बाहिर रहने बताईएको छ ।
लिभरपुलले मंगलबार राति आयाक्ससँग खेल्ने तालिका रहेको छ ।
यसअघि समूह चरणको पहिलो खेलमा लिभरपुल नापोलीसँग ४-१ ले पराजित भएको थियो ।
रोबर्टसनले आयाक्सविरुद्धको खेल गुमाउने







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
