प्रिमियर लिगका तीन खेल स्थगित
मंगलबार, २८ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत यस हप्ताको अन्तिम तीन खेलहरु स्थगित भएको छ ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टि अघि तीन खेल खेलहरु स्थगित गरिएको हो ।
महारानी एलिजावेथको अन्त्यष्टि सेप्टेम्बर १९ मा हुनेछ ।
जसको कारण प्रिमियर लिग अन्तर्गत चेल्सीको लिभरपुलसँगको घरेलु खेल र लिड्स युनाईटेड र म्यानचेस्टर युनाईटेडबीचको खेल स्थगित भएको हो ।
यस्तै ब्राइटन र क्रिस्टल प्यालेसबीचको खेल यसअघि नै स्थगित भईसकेको छ ।
महारानीको निधनपछि स्थगित भएको अन्य खेलहरु सेप्टेम्बर १६ र १८ को बीचमा हुनेछन् ।
महारानी एलिजावेथको ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो ।
एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् ।
महारानीको निधनसँगै इंग्ल्यान्डमा खेलकुदको अन्य कार्यक्रमहरु स्थगित गरिएको थियो ।
प्रिमियर लिगका तीन खेल स्थगित







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
