काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब न्युकासलले गोलकिपर लोरिस कारियसलाई अनुबन्ध गरेको छ ।
न्युकासलले जर्मन गोलकिपरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
न्युकासलले यस सिजनको अन्त्यसम्मको लागि गोलकिपर लोरिसलाई अनुबन्ध गरेको हो ।
यसै समरमा लिभरपुल छाडेपछि उनी क्लब विहिन रहेका थिए ।
२९ वर्षीय गोलकिपरले ६ वर्ष एनफिल्डमा बिताएका थिए ।
उनी २०१६ मा मैन्जबाट प्रिमियर लिग क्लब आएका थिए ।
उनले २०१८ देखि २०२० सम्म बेसिक्टासबाट लोनमा खेलेका थिए ।
त्यस्तै २०२० देखि २१ को सिजन उनले युनियन बर्लिनका लागि लोनमा खेलेका थिए ।
जर्मनीका लागि उनले उमर समूहको टोलीबाट खेलिसकेका छन् । तर, सिनियर टोलीमा डेब्यु गर्न पाएका छैनन् ।