काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले स्पेनिस स्ट्राइकर डिएगो कोस्टा अनुबन्ध गरेको छ ।
उल्भ्सले यस सिजनको अन्तिम सम्मका लागि कोस्टालाई अनुबन्ध गरेको हो ।
उल्भ्सले सोमबार कोस्टालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।
३३ वर्षीय कोस्टाले उल्भ्समा २९ नम्बरको जर्सी लगाउने छन् ।
हालै अनुबन्धित स्ट्राइकर सासा कालाजीक र अर्का स्ट्राइकर राउल जिमेनेजले चोट बोकेपछि उल्भ्सले कोस्टा अनुबन्ध गरेको हो ।

चेल्सीका पूर्व स्ट्राइकर कोस्टा ब्राजिलियन क्लब एट्लेटिको मिनिरो छाडेपछि क्लब विहीन थिए ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडसँगको सम्झौता अन्त्य गर्दै कोस्टा गत सिजन ब्राजिलियन क्लब आएका थिए । तर, उनको सम्झौता जनवरीमा सकिएको थियो ।
कोस्टा सन् २०१८ मा चेल्सीबाट स्पेनको एट्लेटिको आएका थिए । उनले एट्लेटिकोबाट ६१ ला लिगामा १२ गोल गरेका छन् ।
चेल्सीका लागि उनले १ सय २० खेलमा ५९ गोल गरेका थिए ।