काठमाडौं । भारतले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा सोमबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारतलाई जित दिलाउन थाङ्लालसउन गान्ङ्टेले दुई गोल गरे ।
बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए ।
अब भारतले फाइनलमा नेपाल र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।