बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

गौतम र राईलाई एनएसजेएफ पत्रकारिता पुरस्कार

सोमबार, भदौ २७, २०७९खेलपाटी संवाददाता
गौतम र राईलाई एनएसजेएफ पत्रकारिता पुरस्कार
Classic Tech Internet Ad

काठमाडौं । एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सोमबार गौतम र राईलाई पुरस्कृत गरेको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी(एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

खेल पत्रकारिता अवार्डस्वरूप गौतमलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।  । यस्तै सुमन भोम्जन युवा खेलकुद पत्रकारिता अवार्डबाट पुरस्कृत राईलाई ल्यापटप प्रदान गरिएको छ ।

गौतम पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । अमेरिकामा पनि गौतम पत्रकारिता क्षेत्रमा कलम चलाउदै आएका छन् । राई खेलकुदको अनलाइन खेलाडी डटकममा कार्यरत छिन् ।

एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित जयदेव गौतमले करिब तीन दशकको खेल पत्रकारिता यात्रालाई स्मरण गराएकोमा मञ्चलाई धन्यवाद व्यक्त गर्दै पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताए ।

‘हाम्रो समयमा औंलामा गणना गर्न सकिने खेलपत्रकार थियौं । तर, पछिल्ला समय धेरै पत्रकार नेपाली खेलकुदमा सक्रिय छन् र यसले नेपाली खेलकुद पनि विकास हुँदै गएको बुझ्न सकिन्छ,’उनले भने, ‘खेलका विश्लेषणात्मक र अनुसन्धानात्मक समाचार लेखनमा अग्रसर भइरहन सबै खेल पत्रकारलाई आग्रह गर्न चाहन्छु । यसले नेपाली खेल पत्रकारितालाई अझ सम्मानित स्थानमा पु¥याउनेछ ।’

युवा पत्रकारिताबाट सम्मानित गीताले यो पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको र साथै प्रोत्साहन पनि मिलेको प्रतिक्रिया दिइन् ।

सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रंशसा गरे । साथै उनले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम रहेको उल्लेख गर्दै मन्चको २७औं स्थापना दिवसका अवसरमा सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गरे ।

मञ्चका अध्यक्ष सुबेदीले पनि स्थापना दिवसका अवसर सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गरे ।   

अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका साथ मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो कार्यक्रम गर्दै आएको छ ।  

नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २७ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको विधिवत रुपमा स्थापना भएको थियो ।

मञ्चले यसअघि एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार श्याम चित्रकार, अजय राणा, पी खरेल, पुष्करलाल श्रेष्ठ, गोपाल बस्नेत, सीताराम अग्रहरि, राजु शिलवाल र मुकुन्द दाहाललाई सम्मानित गरिसकेको छ ।

सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट दिल तामाङ, निशान राई, संजय थापा र गोविन्द राज नेपाल सम्मानित भईसकेका छन् । 

Bajaj Pulsar Motorcycle Ad
गौतम र राईलाई एनएसजेएफ पत्रकारिता पुरस्कार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
जोर्डन प्रो लिगमा प्रीतिको पहिलो गोल

जोर्डन प्रो लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि