काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१५ महिला राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई नियुक्त गरेको छ ।
बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि एन्फाले चौधरीलाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले चौधरीलाई नियुक्ति पत्र हस्तान्तरण गरे।
एन्फाले टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर र सहायक प्रशिक्षकमा मंगल महर्जनलाई नियुक्त गरिसकेको छ ।
टोलीले आगामी नोभेम्बर १ देखि १२ सम्म बंगलादेशको ढाकामा हुने यू-१५ साफ महिला च्याम्पियनसिपमा भाग लिनेछ ।