काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सालेरनिटानासँग बराबरी खेल्दै अंक बाडेको छ ।
युभेन्ट्सले घरेलु मैदानमा आइतबार राति सालेरनिटानासँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको १८ औं मिनेटमा एन्टोनियो कान्द्रेभाले गोल गर्दै सालेरनिटानालाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा पियाटेकले गोल गर्दै सालेरनिटानालाई २-० को अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा ग्लिसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा लियोनार्दो बुनिचीले गोल गर्दै युभेन्ट्सलाई २-२ गोलको बराबरीमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा रेड कार्डको वर्षा भयो ।
रेफ्री माटियोले युभेन्ट्सका मिलिक, जुआन कोर्डाडो र मुख्य प्रशिक्षक एल्लेग्रीलाई रातो कार्ड देखाएका थिए ।
यस्तै सालेरनिटाना फेडेरिको फाजियोलाई रातो कार्ड देखाएका थिए ।
यस बराबरीसँगै युभेन्ट्सले ६ खेलमा १० अंक जोडेको छ ।
युभेन्ट्स आठौं स्थानमा रहेको छ ।
सालेरनिटाना ७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।