रियलको सहज जित
२०२२ सेप्टेम्बर ११, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले मालोर्कालाई ४-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो ।
खेलको ३५ औं मिनेटमा भेडात मुरिकीले गोल गर्दै मोलार्कोलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।
७२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
खेलको ८९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।
जितसँगै रियलले ५ खेलमा १५ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा उक्लिएको छ ।
मालोर्का ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
रियलको सहज जित