दमौलीमा नाइन ‘ए’ साइड फुटबल हुने
1662896052.jpg&w=3840&q=75)
काठमाडौं । ब्यास युवा क्लब (भिवाईसी) को आयोजनामा असोज पहिलो साता तनहूँको दमौलीमा नाइन ‘ए’ साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक भिवाईसीले आइतबार एक पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणमा ब्यास कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता असोज ३ गतेबाट १० गते सम्म आयोजना गर्ने जनाएको हो ।
दमौलीको बीपी बन बाटिकाको मैदानमा आयोजना हुने प्रतियोगितामा कुल ४२ टोलीले सहभागिता जनाउने क्लबका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए।
नक आउट फ्रम्याटमा सञ्चालन हुने प्रतियोगितालाई अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग हुने आयोजकले जानकारी दियो । खेल ७० मिनेटमा खेलाइने छ ।
८ दिन सम्म चल्ने प्रतियोगिताको अनुमानित खर्च १३ लाख रहेको छ । नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने अध्यक्ष गुरुङले बताए ।
कास्की, स्याङ्जा, तनहूँ, चितवन, गोर्खा र लमजुङका टोलीले सहभागि जनाउने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफिन्डरले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
अघिल्ला दुई संस्करणमा सेभेन ए साईड प्रतियोगिताको आयोजना गर्दै आएको ब्यास युवा क्लबले तेस्रो संस्करणमा नाइन ए साईड प्रतियोगिता आयोजना गर्न लागेको हो ।










-1775576795965.jpeg&w=3840&q=75)


