• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा
खेलपाटी संवाददाता
आइतबार, भदौ २६, २०७९ खेलपाटी संवाददाता
मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।

आइतबार सामाजिक संजाल फेसबुकबाट अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५ सय २५ दिनपछि अलमुताइरीले राजीनामा दिएका हुन् ।  

'नेपाली फुटबलको सेवाको ५ सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,' अलमुताइरीले लेखेका छन्, 'खुशी, माया, दु:ख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।'

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले अलमुताइरीले एन्फालाई राजीनामा पत्र पठाएको बताए । 

'उँहा (अलमुताईरी) ले महासचिवलाई सम्झौता समाप्त गरिएकोबारे पत्र पठाउनु भएको रहेछ । यसलाई हामीले राजीनामा भएको बुझेका छौँ । कार्यसमितिको बैठकले थप निर्णय गर्नेछ,' शाहले भने ।

एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

अलमुताईरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । गत असोजमा माल्दिभ्स भएको साफको फाइनलमा नेपाल  भारतसँग पराजित हुँदा उपाधिबाट बन्चित बनेको थियो ।

यस्तै नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो ।

तर, अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।

बन्द प्रशिक्षण छाडेका १० खेलाडी र नियमित कप्तान किरण चेम्जोङबिना नै एएफसी एसियन कप छनोटका लागि अलमुताईरीले टिम घोषणा गरेका थिए ।

अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवाद समाधानको लागि एन्फाले छानविन समिति गठन गरेको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा विवादमा मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ ।

प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो । छानविन समितिको प्रतिवेदनमा समेत अलमुताइरीले आपत्ति जनाएका थिए ।

एसियन कप छनोटपछि अलमुताइरी नेपाल फर्केका थिएनन् । छुट्टिमा उनी कुवेत गएका थिए ।

अलमुताइरीको अनुपस्थितिमा एन्फाले प्रदिप हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

नेपालले आगामी असोज दोस्रो साता हुमागाईको नेतृत्वमा बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।

अलमुताईरीले गत वर्षको साउन १० गते समेत राजीनामाको घोषणा गरेका थिए ।

उनले एन्फाका तत्कालिन वरिष्ठ उपाध्यक्ष तथा हालका अध्यक्ष पंकज विक्रम नेम्वाङको कारण राजीनामा दिन लागेको बताएका थिए ।

तर, पछि उनले राजीनामा फिर्ता लिदै एन्फासँगको सम्झौता थप गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
अल–नासर उपाधिनजिक
अल–नासर उपाधिनजिक
रियललाई संघर्ष
रियललाई संघर्ष
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
सलाह वर्षको उत्कृष्ट खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
अल–नासर उपाधिनजिक
अल–नासर उपाधिनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP