काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलको नवौं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
५० औं मिनेटमा रोड्रिगोले गोल गर्दा एट्लेटिको २-० ले अघि रह्यो ।
खेलको ६६ औं मिनेटमा यानिक कारास्कोले गोल गरेपछि एट्लेटिको ३-० ले अघि रह्यो ।
७१ औं मिनेटमा गाब्री भिगाले गोल गर्दै सेल्टालाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा सेल्टाका युनाई नुनेजले आत्मघाती गोल गरेपछि एट्लेटिकोले ४-१ को सहज जित निकाल्यो ।
यस जितसँगै एट्लेटिकोले ५ खेलमा १० अंक जोडेको छ ।
एट्लेटिको चौंथो स्थानमा उक्लिएको छ ।
सेल्ट ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।