काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले साम्पडोरियालाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको छैटौं मिनेटमा जुनियर मेस्सीयासले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
४७ औं मिनेटमा राफायल लियोले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटियो ।
खेलको ५७ औं मिनेटमा फिलिप डुरिसिचले गोल गर्दै साम्पडोरियालाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ६७ औं मिनेटमा ओलिभर जेरुडले पेनाल्टीमा गोल गर्दै मिलानलाई २-१ को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा मार्को गियामपाओलोले रातो कार्ड पाएपछि साम्पडोरिया पनि १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै मिलानले ६ खेलमा १४ अंक जोडेको छ ।
मिलान दोस्रो स्थानमा उक्लिएको छ ।
साम्पडोरिया २ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।