काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।
इन्टरको जितमा मार्सेलो ब्रोजोभिकले निर्णायक गोल गरे ।
उनले खेलको ८९ औं मिनेटमा गोल गरेका हुन् ।
यस जितसँगै इन्टरले ६ खेलमा १२ अंक जोडेको छ ।
इन्टर तेस्रो स्थानमा रहेको छ ।
टोरिनो १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।