मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

एनएसएलकोे नयाँ सम्झौता अन्तिम चरणमा

शनिबार, २५ भाद्र २०७९खेलपाटी संवाददाता
एनएसएलकोे नयाँ सम्झौता अन्तिम चरणमा
Classic Tech Internet Ad

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को नयाँ सम्झौता अन्तिम चरणमा पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफुसँग गरिएको पहिलो सम्झौता रद्ध गर्दै एनएसएलसँग नयाँ ढङ्गले सम्झौता गर्ने निर्णय गरेको थियो । सोही अनुसार एन्फा र एनएसएलबीचको नयाँ सम्झौताको तयारी अन्तिम चरणमा पुगेको हो ।

एनएसएलका एक अधिकारीले खेलपाटीलाई बताए अनुसार केही बुदाँमा टुङ्गो लाग्ने बित्तिकै नयाँ सम्झौताको काम सकिनेछ । सम्झौताको आधारभुत विषयमा एन्फा र एनएसएलबीच लगभग सहमती जुटिसकेको ती अधिकारीको दाबी छ । 
‘एक, दुई विषय टुङ्गिने चरणमा छ । केही दिनमा सकिने बित्तिकै नयाँ सम्झौता तयार हुन्छ । प्रतियोगिताको तयारी तिव्र गतिमा अघि बढ्छ ।’ ती अधिकारीले खेलपाटीसँग भने ।

नेपाली फुटबलको निकै महत्वकांक्षी परियोजना मानिएको एनएसएल एन्फामा नेतृत्व परिवर्तनसँगै अनिश्चित बनेको थियो । एन्फाले ए डिभिजनका चार क्लबसँग छलफल गरेर एनएसएलसँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो । तर चौतर्फी दबाबपछि एन्फा पुरानो सम्झौता रद्ध गरेर नयाँ सम्झौताका साथ प्रतियोगिता आयोजना गर्न दिन सकारात्मक देखिएको छ । सोही अनुसार एन्फा बैठकबाट निर्णय समेत गरिसकेको छ । 

पुरानो सम्झौताका कतिपय बुँदामा क्लबहरुको गम्भिर असहमती र केही बुँदामा प्रस्टता नदेखिएको कारण देखाउँदै एन्फाले एनएसएलसँग नयाँ सम्झौता गर्न चाहेको बताउने गरेको छ ।  

पछिल्लो समय नयाँ सम्झौताको समय अवधि र रोयल्टीको विषयमा एन्फा र एनएसएलबीच नोक झोक चल्ने गरेको छ । सोही कारण नयाँ सम्झौतामा सहमती जुट्न सकेको थिएन । एन्फाले एनएसएल आयोजनाका लागि चार वर्षको समय दिने र प्रति वर्ष दुई करोडका दरले रोयल्टी माग गरेको छ ।

हरेक वर्षको रोयल्टीको रकम प्रत्येक वर्ष २० प्रतिशतले बढ्नुपर्ने एन्फाको शर्त छ । तर आयोजक टिमले एन्फाको माग पुरा गर्न नसकिने बताउँदै आएको छ । सोही कारण नयाँ सम्झौता टुङ्गिन पाएको छैन । 

घरेलु प्रतियोगिता नहुदाँ धेरै फुटबल खेलाडी विदेश पलायन हुने र छिमेकी भारतमा ‘खेप’ खेल्न जाने गरेका छन् । घरेलु फुटबललाई चलायमान बनाउन खेलाडीलाई कार्यक्रम र प्रतियोगिता दिनुपर्ने दबाबमा एन्फा छ । सम्झौतामा ढिलाई हुदाँ एनएसएल हुने÷नहुने अन्यौलता खेलाडी र फुटबल क्षेत्रमा अझपनि ब्याप्त छ ।
 
एनएसएलका एक अधिकारी यस वर्ष दोस्रो संस्करणको प्रतियोगिता हुने संकेत देखिएको बताउँछन् । ‘छलफल सकारात्मक ढङ्गलेनै अघि बढेको छ । केही दिनमा टुङ्गो लाग्छ । एनएसएलको आयोजनामा अब शंका गर्नुपर्ने ठाउँ देख्दिन ।’ उनी भन्छन् । 

एन्फाले फ्रेन्चाइज फुटबल एनएसएल आयोजनाका लागि असोज २३ देखि मंसिर २ गतेसम्मको समय दिएको छ । नयाँ सम्झौतामा अहिलेसम्म सहमती जुट्न नसक्दा प्रतियोगिता निर्धारित मितिमै आयोजना हुने सम्भावना कम छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#एनएसएल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध