काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई २-१ गोल अन्तरले हराउँदै आर्सनलले सुखद सुरुआत गरेको हो ।
खेलको १६ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा मिर्लिन्डले पेनाल्टीबाट गोल गर्दै जुरिचलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ६२ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।
यस जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ ।
समूह ए को आर्सनल शीर्ष स्थानमा रहेको छ ।