काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १-० गोल अन्तरले पराजित भएको हो ।
युनाईटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै पराजित भएको हो ।
सोसिडाडलाई जित दिलाउन ब्रेइस मेन्डेजले निर्णायक गोल गरे ।
उनले खेलको ५९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।
यस जितसँगै समूह 'ई' को सोसिडाडले ३ अंक ओडेको छ ।
युनाईटेडले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।