काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शुक्रबार एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुका ५:३० बजे सुरु हुनेछ।
समूह 'बी' मा रहेको श्रीलंकाको यो पहिलो खेल हो । भुटानलाई हराएर श्रीलंका सुखद सुरुआतको योजनामा हुनेछ ।
भुटानको यो दोस्रो खेल हो । भुटान पहिलो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा भुटानलाई नेपालले ४-० ले हराएको थियो । सेमिफाइनलको स्थान जीवित राख्न भुटानलाई जित्नैपर्ने दबाब छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।