काठमाडौं । एएफसी यू-२० एसियन कप छनौटका लागि नेपाली यू-२० पुरुष फुटबल टोली बहराइन पुगेका छन् ।
नेपाली टोली बिहीबार राति बहराइन पुगेका हुन् । नेपाली टोली बिहीबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए ।
यू-२० एसियन कप छनौटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन्।
समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ । नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।
नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ ।
समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।