पोटर चेल्सीको नयाँ मुख्य प्रशिक्षक नियुक्त
२०२२ सेप्टेम्बर ८, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले ग्राहम पोटरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
चेल्सीले बिहीबार एक विज्ञप्ति निकाल्दै पोटरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
चेल्सीले बुधबार मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो ।
टुचेल बर्खास्त गरेको दोस्रो दिन चेल्सीले ब्राइटनका पूर्व मुख्य प्रशिक्षक पोटरलाई नियुक्त गरेको हो ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार दिनामो जाग्रेबसँग १-० ले पराजित भएपछि चेल्सीले टुचेललाई बर्खास्त गरेको थियो ।
पोटर चेल्सीको नयाँ मुख्य प्रशिक्षक नियुक्त