यू-२० टोली बहराइन प्रस्थान
२०२२ सेप्टेम्बर ८, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यू-२० एसियन कप छनौट खेल्ने नेपाली यू-२० पुरुष फुटबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाली टोली बिहीबार अपरान्ह बहराइन प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नै बिदाइ गरेको थियो ।
यू-२० एसियन कप छनौटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन्।
समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ । नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।
नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ ।
समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
यू-२० टोली बहराइन प्रस्थान