काठमाडौं। ग्राहम पोटर चेल्सीको नयाँ मुख्य प्रशिक्षक बन्ने भएका छन् ।
थोमस टुचेललाई बर्खास्त गरेपछि उनको बिकल्पमा चेल्सी ब्राइटनका मुख्य प्रशिक्षक पोटरलाई अनुबन्ध गर्ने तयारी गरेको हो।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार दिनामो जाग्रेबसँग १-० ले पराजित भएपछि चेल्सीले थोमस टुचेललाई बर्खास्त गरेको थियो ।
इन्ग्लिश प्रशिक्षक पोटर र चेल्सीका मालिक टोड बोहलीबीच बुधबार भेटवार्ता भएको थियो ।
यद्दपी अहिलेसम्म कुनै पनि सम्झौतामा हस्ताक्षर भएको भने छैन । तर दुवै पक्ष स्ट्यामफोर्ड ब्रिजमा ४७ वर्षीय प्रशिक्षकको आगमन बारे मौखिक सहमतिमा पुगेका छन् ।
पोटरको लागि ब्राइटनको रिलिज क्लज फिगर पूरा गर्न चेल्सी तयार थियो । माउरिसियो पोचेटिनो, जिनेदिन जिदान र स्पोर्टिङ लिस्बनका प्रशिक्षक रुबेन अमोरिममा पनि चेल्सीको सूचीमा थिए ।
पोटरको नियुक्ति पूरा गर्न चेल्सीले छिट्टै ब्राइटनसँग आर्थिक र अन्य सबै विवरणहरूमा छलफल गर्नेछ । यस्तै चेल्सी नयाँ निर्देशकको खोजीमा पनि रहेको छ ।