काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१५ महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगरलाई नियुक्त गरेको छ ।
बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि एन्फाले भगवतीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
यस्तै एन्फाले टोलीको सहायक प्रशिक्षकमा मंगल महर्जनलाई नियुक्त गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार एन्फाका महासचिव किरण राईले उनीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरे।
टोलीले आगामी नोभेम्बर १ देखि १२ सम्म बंगलादेशको ढाकामा हुने यू-१५ साफ महिला च्याम्पियनसिपमा भाग लिनेछ ।
