काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीले च्याम्पियन्स लिग फुटबलमा ह्याट्रिकको कीर्तिमान बनाएका छन् ।
पोलिस फरवार्डले च्याम्पियन्स लिगमा फरक तीन क्लबबाट ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।
च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भिक्टोरिया प्लेजनविरुद्ध ह्याट्रिक पूरा गर्दै लेवान्डोस्कीले कीर्तिमान बनाएका हुन् ।
लेवान्डोस्कीले यस अघि बोरुसिया डर्टमण्ड र बायर्न म्युनिखबाट च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका थिए ।
लेवान्डोस्कीले बायर्नक लागि च्याम्पियन्स लिगमा ४ ह्याट्रिक र डर्टमण्डका लागि एक ह्याट्रिक गरेका थिए ।
लेवान्डोस्की यसै समरमा जर्मन क्लब बायर्नबाट बार्सिलोना आएका हुन् ।