काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल जित जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बायर्नले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको हो ।
बायर्नलाई जित दिलाउन लोरी सानेले एक गोल गरे । बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको २५ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा इन्टरका डानिलो डी'आम्ब्रोसियोले आत्मघाती गोल गरेपछि बायर्न २-० ले विजयी भयो।
यस जितसँगै बायर्नले पहिलो खेलमै ३ अंक जोडेको छ ।
समूह सी को बायर्न तालिकाको दोस्रो स्थानमा रहेको छ ।
इन्टरले हारबाट च्याम्पियन्स लिगको सुरुआत गरेको छ ।