काठमाडौं । रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बिहीबार राति बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लजेनलाई ५–१ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिकसँगै फ्रेन्कि किसी र फेरान टोरेसले गोल गरे । पाहुना टोलीका लागि जान सिकोराले एक गोल फर्काए । गत जुलाईमा बायर्न म्युनिख छाडेका लेवान्डोस्कीले बार्सिलोनाका लागि पछिल्ला ५ खेलमा ८ गोल गरेका छन् ।
खेलको ३४ औं मिनेटमा पहिलो गोल गरेका लेवान्डोस्कीले पहिलो हाफको इन्जुरी समयमा दोस्रो र ६७ औं मिनेटमा तेस्रो गोल गरेका थिए । खेलमा अग्रता बार्सिलोनाले किसीको गोलमा खेलको १३ औं मिनेटमा लिएको थियो । खेलको ७१ औं मिनेटमा गोल गर्दै टोरेसले बार्सिलोनाको अग्रता फराकिलो बनाउने काम गरे ।
लेवान्डोस्की प्रेरित बायर्नले सन् २०१९÷२० मा क्लबलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनले तीन फरक क्लबबाट च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका छन् । उनले बार्सिलोनासँगै बायर्न र डर्टमण्डबाट च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका हुन् ।
समूह सीमा रहेको बार्सिलोनाले प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।