काठमाडौं । साविक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा सेल्टिकलाई ३-० गोल अन्तरले हराउँदै रियलले सुखद सुरुआत गरेको हो ।
रियललाई जित दिलाउन भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले एक एक गोल गरे ।
खेलको ५६ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
६० औं मिनेटमा मोड्रिचले गोल गर्दा रियल २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७७ औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई ३-० को जित दिलाए ।
जितसँगै समूह एफको रियलले ३ अंक जोडेको छ ।
रियल तालिकाको दोस्रो स्थानमा रहेको छ ।
सेल्टिकले हारबाट सुरुआत गरेको छ ।
