काठमाडौं । मिडफिल्डर दिपा शाही र फरवार्ड अमिषा कार्कीले राष्ट्रिय महिला फुटबल टिममा डेब्यु गरेकी छिन् ।
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भुटानविरुद्धको खेलमा सुरुआती-११ मा पर्दै दिपा र अमिषाले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
दिपा र अमिषाले यू-१९ टोलीबाट भने खेलिसकेका छन् ।
दिपा उपमेयर कपमा सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् ।
दुबै खेलाडी विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्छिन् ।
नेपालको सुरुआती-११
एन्जिला सुब्बा, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अमिषा कार्की, सावित्रा भण्डारी, अनिता बस्नेत, पुजा राना, अनिता,दिपा केसी, सरु लिम्बु शाही