काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेल अन्तर्गत भुटानविरुद्ध खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् ।
नेपालका लागि दुई खेलाडीले डेब्यु गरेकी छिन् । दिपा शाही र अमिषा कार्कीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल ५:३० बजे सुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
भुटानविरुद्ध नेपाल हालसम्म अपराजित रहेको छ । नेपालले भुटानसँग खेलेको तीन खेलमा तीनै खेल जितेको छ ।
नेपालको सुरुआती-११
एन्जिला सुब्बा, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अमिषा कार्की, सावित्रा भण्डारी, अनिता बस्नेत, पुजा राना, अनिता केसी, सरु लिम्बु,दिपा शाही