चेल्सी नेपालले मनायो १४ औं वार्षिकोत्सव
मंगलबार, भदौ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । चेल्सी फुटबल क्लबको आधिकारिक समर्थक समूह ‘चेल्सी नेपाल अफिसियल सपोर्टर्स क्लब’ले १४ औं वार्षिकोत्सव सोमबार मनाएको छ ।
सन् २००८ मा स्थापना भएको नेपालको पहिलो आधिकारिक समर्थक समूहले नेपालमा नियमित फुटसल प्रतियोगिता तथा समाजसेवाको क्षेत्रमा काम गर्दै आएको छ ।
यसबाहेक चेल्सी फुटबल क्लबका खेलहरु स्क्रिनिङ तथा क्लबसँग जोडिएका विशेष अवसरहरु मनाउँदै आएको नेपालका सचिव शलिल श्रेष्ठले जानकारी दिए ।
सोमबार पनि चेल्सी नेपालले फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । करिब एक महिना अगाडि खुलेको चेल्सी नेपालको सदस्य बन्ने आवेदनको आज अन्तिम दिन हो ।
चेल्सी नेपालको सदस्य बन्दा विभिन्न रेस्टुरेन्ट, सपिङ सेन्टरमा छुटका साथै विभिन्न एसोसेरिज प्राप्त गर्ने श्रेष्ठले बताए ।
चेल्सी नेपालले मनायो १४ औं वार्षिकोत्सव










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)