काठमाडौं । च्याम्पियन्स लिग फर्किएको छ । हामी सबै अर्को रोमाञ्चक अभियानको लागि तयार छौं । सन् २००७ पछि पहिलो पटक रेन्जर्स र सेल्टिक प्रतियोगितामा आएका छन् । म्याच डे-१ मा युरोपको एलिट टोलीहरु आज प्रतिस्पर्धा गर्न गईरहेका छन् ।
दिनामो जाग्रेबविरुद्ध चेल्सी
प्रिमियर लिग सिजनको निराशाजनक सुरुआतपछि थोमस टुचेल र उनको टोलीले च्याम्पियन्स लिगको अभियानलाई सुखद सुरुआत गर्न खोज्नेछ । चेल्सीले आफ्नो अभियान क्रोएसियाको यात्राबाट सुरु गर्दैछ । उसले दिनामो जाग्रेबको सामना गर्दैछ । दुई टोलीहरू पहिले कहिल्यै भेटेका छैनन् । चेल्सीले प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाली प्रतिद्वन्दीको पहिलो पटक सामना गर्दैछ ।
दिनामोको च्याम्पियन्स लिगको इतिहास राम्रो छैन । प्रतियोगितामा सहभागी भएको यो आठौं पटक हो तर अहिलेसम्म हरेक पटक समूह चरणबाटै बाहिरिएको छ । यसअघिका ४२ खेलमा मात्र पाँच च्याम्पियन्स लिग खेल जितेको छ । चेल्सी १९ औं पटक प्रतियोगितामा सहभागी भएको हो ।
दिनामोका मुख्य खेलाडी मिस्लाव ओर्सिक हो । क्रोएसियाली अन्तर्राष्ट्रियले यस सिजन पाँच गोल र चार असिस्ट गरिसकेका छन् । चेल्सीलाई आफ्ना गोलकिपर एडुआर्ड मेन्डी र मिडफिल्डर एनगोलो कान्टेको चोटको चिन्ता छँदैछ ।
सेभियाविरुद्ध म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटी पेप र उनको टोलीले च्याम्पियन्स लिग ट्रफी जितेर खडेरी अन्त्य गर्ने आशाको साथ च्याम्पियन्स लिगको अर्को यात्रा सुरु गर्दैछ । एर्लिंग हालान्डको आगमनपछि सिटीको आशा थप बढेको छ । उसलाई लाग्छ यो उसको वर्ष हो । नर्वेजियन सुपरस्टारले लगातार ह्याट्रिक सहित ६ खेलमा १० गोल गर्दै प्रिमियर लिगमा तुफान ल्याएका छन् । यद्यपि म्यानचेस्टर सिटी यसपटक रक्षात्मक रूपमा केहि कमजोर भएको छ । न्युकासलपछि लिगमा संघर्षरत एस्टन भिल्लासँग थप दुई अंक गुमायो ।
च्याम्पियन्स लिगको इतिहासमा हालान्डसँग खेल अनुपातमा उत्कृष्ट गोलहरूको रेकर्ड छ । उनले १९ खेलमा २३ गोल गरेका छन् । साल्जबर्गका लागि छ खेलमा आठ गोल र डर्टमन्डका लागि १३ खेलमा १५ गोल । ग्वार्डिओला आशा गर्छन कि हालान्ड म्यानचेस्टर सिटीमा पनि यो लय जारी राख्नेछन् । गत वर्ष सिटी फेरि नजिक थियो तर सेमिफाइनलमा रियल मड्रिडसँग पराजित भयो । जुन च्याम्पियन्स लिगको उत्कृष्ट खेलहरू मध्ये एक थियो ।
सेभियाको आफ्नै डिफेन्सिभ तनाबहरु छन् । जुलेस काउन्डे र डिएगो कार्लोस क्रमशः बार्सिलोना र एस्टन भिल्लामा गएपछि क्लबले सप्ताहन्तमा बार्सासँग ३-० को हार बेहोरेको छ । पछिल्लो पटक सेभिया समूह चरणबाट बाहिरिएको थियो र युरोपा लिगमा गएको थियो ।
सेल्टिकविरुद्ध रियल मड्रिड
ब्रेन्डन रोजर्सको नेतृत्वमा २०१७/१८ सिजनमा समूह चरणबाट बाहिरिएपछि सेल्टिक पहिलो पटक च्याम्पियन्स लिगमा फर्किएको छ । भोयस पछिल्लो पटक २०१२/१३ मा नकआउट चरणमा पुगेको थियो । उसले यस वर्षको अभियान साबिक बिजेता रियल मड्रिडविरुद्ध खेलेर सुरुआत गर्दैछ । दुई टोली यसअघि एकपटक मात्रै युरोपको एलिट प्रतियोगितामा भेटेका थिए । १९७९/८० क्वार्टर फाइनलमा । सेल्टिकले पहिलो लेग २–० ले जितेको थियो भने रिटर्न ३–० ले हारेको थियो ।
रियल ला लिगामा चार खेलपछि १२ अंकसहित शीर्ष स्थानमा छ । करिम बेन्जेमा फेरि मुख्य खतरा हुने छन् । गत वर्ष १५ गोल गरे ।
सर्वाधिक गोलकर्ता सूचीमा संयुक्त तेस्रो स्थानमा छन् र रोबर्ट लेवान्डोस्कीसँग बराबरीमा छन् । रियलको समर ट्रान्सफरका नयाँ खेलाडी एन्टोनियो रुडिगर र ओरेलियन चाउमेनी च्याम्पियन्स लिग डेब्यूको लागि लाइनमा छन ।
पीएसजीविरुद्ध युभेन्ट्स
पीएसजीले आफ्नो अघिल्लो आठ भेटहरूमा युभेन्ट्सलाई कहिल्यै हराउन सकेको छैन । तर मेस्सी, नेयमार र एमबाप्पेको राम्रो लय मदतमा ओल्ड लेडीविरुद्ध आफ्नो पहिलो जित दर्ता गर्ने आशामा पीएसजी छ ।
फ्रान्सेली क्लबले च्याम्पियन्स लिगको समूह चरणमा अन्तिम ३० घरेलु खेलमध्ये एउटा मात्र हारेको छ । त्यसैले आत्मविश्वास महसुस गर्नेछ । मेस्सीले पनि समूह चरणका खेलमा ६९ खेलमा ७२ गोल गरेका छन् ।
युभेन्ट्सले सिरी ए मा कठिन सुरुआत गरिरहेको छ । उनीहरु लिगको छैटौं स्थानमा छन् । च्याम्पियन्स लिगमा आफ्नो अन्तिम १७ समूह खेलहरू मध्ये १५ खेल जितेको छ । लिआन्ड्रो परेडेस र एड्रियन राबियोट आफ्नो पुरानो क्लबको सामना गर्न पार्क डेस प्रिन्सेसमा फर्केका छन्।
बोरुसिया डर्टमन्डविरुद्ध एफसी कोपेनहेगन
एर्लिङ हालान्ड बिना पनि डर्टमण्डले आफ्नो घरेलु सिजन राम्रो लयमा सुरु गरेको छ । हाल बुन्डेसलिगामा दोस्रो स्थानमा छ र केवल गोल अन्तरले उसलाई शीर्ष स्थानबाट टाढा राखेको छ ।
कोपेनहेगनले आफ्नो घरेलु प्रतिस्पर्धामा त्यति राम्रो प्रदर्शन गरिरहेको छैन । उ हाल छैठौं स्थानमा छ यद्यपि उसँग पेप बिएल र भिक्टर क्लासन शीर्ष दुई गोलकर्ता खेलाडीहरू छन् ।
दुई क्लबहरू यसअघि युरोपियन प्रतिस्पर्धामा दुई पटक मात्र भेटेका थिए, जर्मन टोलिले उनीहरूको २००१/०२ युईएफए कपको अन्तिम ३२ म्याचअप १-० ले जितेको थियो ।
यो खेल प्रतिष्पर्धात्मक हुन सक्छ । डर्टमुन्डले आफ्नो अन्तिम १२ च्याम्पियन्स लिग समूह चरणको घरेलु खेलमा एक पटक मात्र हारेको छ र कोपेनहेगनले आफ्नो अन्तिम १४ युरोपेली अवे खेलहरूमा एक पटक मात्र हारेको छ ।
एफसी रेडबुल साल्जबर्गविरुद्ध एसी मिलान
च्याम्पियन्स लिगमा कुनै पनि अस्ट्रियाली टोलीले इटालियन प्रतिद्वन्द्वीलाई हराउन सकेको छैन । नकआउट चरणमा बायर्न म्युनिखसँग पराजित हुनु अघि साल्जबर्ग गत सिजन समूह चरणसम्म पुग्न सफल भयो । साल्जबर्गले आफ्नो घरेलु लिगमा वर्चस्व कायम राखेको छ र हाल तालिकाको शीर्ष स्थानमा छ । ब्राजिलियन स्ट्राइकर फर्नान्डोले अहिलेसम्म चार गोल र तीन असिस्टको गरिसकेका छन ।
गत सिजन एसी मिलान सात वर्षको अनुपस्थिति पछि युरोपेली क्लब फुटबलको एलिट प्रतियोगितामा फर्कियो, तर आफ्नो समूहबाट अगाडी बढ्न असफल भयो । जारि लिगमा पाँच खेलपछि नेपोलीसँगै सिरी ए मा शीर्ष स्थानमा छ । पोर्चुगलका फरवार्ड राफेल लिओले तीन गोल र दुई असिस्टका साथ प्रभावशाली प्रदर्शन गरेका छन् भने ओलिभर जिरुड जस्ता खेलाडीहरू गोलको खतरा बनेका छन् । इङ्लिस सेन्टर ब्याक फिकायो टोमोरीले पनि सुरुवात गर्ने सम्भावना छ ।
आरबी लाइपजिगविरुद्ध शाख्तर डोनेक्ट्स
आरबी लाइपजिगमा टिमो वर्नर फिर्ता भएका छन् । क्रिस्टोफर एनकुन्कु, एमिल फोर्सबर्ग र युसुफ पाउल्सेनले फ्रन्टलाइनलाई अझ बढी शक्ति प्रदान गर्नेछन । बुन्डेसलिगामा चार गोल गर्दै एन्कुकु राम्रो लयमा छन । लाइपजिग हाल तालिकामा ११ औं स्थानमा छ। गत सिजन एन्कुकुले च्याम्पियन्स लिगमा ६ खेलमा सात गोल गरे ।
शाख्तर र लाइपजिग पहिले कहिल्यै प्रतिस्पर्धात्मक खेलमा भेटेका छैनन् ।युयुक्रेनी टोली अन्तिम सात च्याम्पियन्स लिग खेल जित्न असफल भएको थियो । युक्रेनी प्रिमियर लिग फेरि सुरु भएको छ र तीन खेल खेलेको शाख्तर सात अंकका साथ तेस्रो स्थानमा छ ।
बेन्फिकाविरुद्ध मक्काबी हाइफा
च्याम्पियन्स लिगको प्लेअफमा रेड स्टार बेलग्रेडलाई जितेको म्याकाबी हाइफा युभेन्टस, पीएसजी र बेन्फिकासँगै प्रतियोगिताको समूह एच मा परेको छ । हाइटीका स्ट्राइकर फ्रान्जडी पियरोटले छनोट अभियानमा पाँच गोल गरेका थिए । इजरायलको कुनै पनि टोली समूह चरणबाट अघि बढ्न सकेको छैन । लिभरपुलसँग पराजित हुनुअघि बेन्फिका गत सिजन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको थियो । स्ट्राइकर डार्विन नुनेजले छ गोल गरे, तर समरमा क्लब छोडे ।