भिनिसियसले लिए स्पेनको नागरिकता
मंगलबार, भदौ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले स्पेनको नागरिकता लिएका छन् ।
ला लिगा क्लब रियलले एक विज्ञप्ति निकाल्दै जुनियरले स्पेनको नागरिकता पाएको जनाएको छ ।
२२ वर्षीय फरवार्डले पछिल्लो तीन महिनाबाट स्पेनको नागरिकताका लागि प्रक्रिया अघि बढाएका थिए ।
जुनियर २०१८ बाट रियलमा रहेका छन् । उनले गैर युरोपियन खेलाडीको ३ कोटा मध्ये एक स्थान ओगटेका थिए ।
अब रियलले एक गैर युरोपेली खेलाडी अनुबन्ध गर्न पाउने छन् ।
रियलमा हाल रोड्रिगो गोज र एडर मिलिटाओले दुई स्थान ओगटेका छन् ।
जुनियर फ्लामिङ्गोबाट रियल आएका थिए ।
उनले रियलका लागि १ सय ७५ खेलमा ३९ गोल गरेका छन् ।
भिनिसियसले लिए स्पेनको नागरिकता










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)