पोग्बाले विश्वकप गुमाउन सक्ने
मंगलबार, २१ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप गुमाउन सक्ने भएका छन् ।
इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले घुँडाको चोटको शल्यक्रिया गरेको कारण विश्वकप गुमाउन सक्ने भएका हुन् ।
पोग्बाले गत जुलाईमा चोट बोकेका थिए । उनले यस सिजन खेलेका छैनन् ।
फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
सन् २०१८ को विश्वकप जित्दा पोग्बा फ्रान्सको मुख्य खेलाडी थिए ।
पोग्बा यसै समरमा युनाईटेडसँगको सम्झौता सकिएपछि युभेन्ट्स आएका थिए ।
पोग्बाले विश्वकप गुमाउन सक्ने






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
