मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भलिबलमा राखेप कर्मचारीको चुनावी ‘चलखेल’

सोमबार, २० भाद्र २०७९खेलपाटी संवाददाता
भलिबलमा राखेप कर्मचारीको चुनावी ‘चलखेल’
Classic Tech Internet Ad

काठमाडौं । नेपाल भलिबल संघको आसन्न निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का एकाध कर्मचारी चलखेलमा लागेका छन् । संघको भदौ २२ गते तोकिएको केन्द्रिय निर्वाचनका लागि राखेपका एकाध कर्मचारी र प्रशिक्षक चुनावी चलखेलमा लागेका हुन् । 

राखेपको नायव सुब्बा पदमा कार्यरत कर्मचारी डिबी नेपाली आईतबार संघका महासचिव जितेन्द्रबहादुर चन्दको चुनावी घोषणा सभामा उद्घोषकको भुमिका सहित प्रस्तुत भएका थिए । संघका पूर्व सचिव समेत रहेका डिबी राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आईसकेपछि संघबाट अलग भएका थिए । खेलकुद ऐनले राखेपका कर्मचारीलाई राष्ट्रिय संघमा रहन नपाउने व्यवस्था गरेको छ । 

ऐनका कारण संघबाट निस्किएपनि डिबी लगायतका केही कर्मचारी संघका एकाध ब्यक्तिलाई बोकेर चुनावी चलखेलमा लागेका छन् । चन्दको चुनावी घोषणा सभा र चुनावी अभियानमा सक्रिय भएर लाग्ने अर्का कर्मचारी जगदिश भट्ट हुन् । राखेपको सहायक प्रशिक्षक पदमा कार्यरत भट्टले राष्ट्रिय महिला भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा काम गर्दै आएका छन् । चुनावको संघारमा उनी संघका महासचिव जितेन्द्र चन्द जिताउ अभियानका मुख्य अभियानकर्ता बनेका छन् । उनले चन्दको पक्षमा जिल्ला र केन्द्रका प्रतिनिधिसँग लबिङ गर्ने र मतदानका लागि दबाब दिने काम गर्दै आएका छन् ।  

राखेपका कानुन विभागका एक वरिष्ठ अधिकृतले राखेपको कर्मचारी भएर राजनीतिक गतिविधिमा भाग लिन नमिल्ने बताए । उनले परिषद्का कर्मचारीको राजनीतिक सक्रियता आचरण विपरितको कार्य हुने उल्लेख गरे । 

‘कुनैपनि व्यक्ति, विशेषको राजनीतिक गतिविधिमा कर्मचारी प्रत्यक्ष र सार्वजनीक रुपमा सरिक हुनु दण्डहिनताको पराकास्टा हो । नीजामती ऐन र खेलकुद ऐनलेनै कर्मचारीलाई राजनीतिमा भाग लिन नहुने प्रस्ट व्यवस्था गरेको छ ।’ ती अधिकृतले भने ।

चुनावी घोषणा सभामा नेपाली उद्घोषकको भुमिकामा थिए भने भट्ट आगन्तुकको व्यस्थापनको भुमिकामा देखिएका थिए । नेपालीले उद्घोषणको क्रममा पदीय जिम्मेवारीमात्र भुलेनन्, चन्दलाई जिताउन पोखरादेखि काठमाडौंसम्म आएको सगौरव सुनाएका थिए । भट्ट भने घोषणा सभा कार्यक्रममा आएका पाहुनालाई मन्तव्यको क्रममा ‘पोडियम’सम्म लैजाने र भाषण सकिएपछि आसनसम्मै छाड्ने जाने भुमिकामा थिए । परिषद्का दुई कर्मचारी नेपाली र भट्ट भलिबल संघमा चन्द निकटका मानिन्छन् । चन्दसँग मिलेर संघभित्र पर्याप्त अवसर लिने गरेको आरोप दुवैलाई लाग्ने गरेको छ । 

राखेप प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतले कुनैपनि कर्मचारी देखिने गरि कसैको चुनावी कार्यक्रममा सहभागी हुन नमिल्ने बताउँछन् । 

‘उजुरी नपर्दा सम्म केही गर्न मिल्दैन । तर देखिने गरि कुनैपनि कर्मचारी प्रचार प्रसारमा संलग्न हुनु हुदैन । अफिस बाहिर गरेको गतिविधि नदेखिएको हो । तर ऐनमै परिषद्का कर्मचारी राष्ट्रिय संघमा बस्न नमिल्ने स्पष्ट व्यवस्था गरेको छ ।’ बस्नेतले खेलपाटीसँग भने । 

‘चुनावी कार्यक्रममा उद्घोषणनै नगरेको भए हुन्थ्यो भन्नेसम्मको कुरा आएको छ । आइन्दा चुनावी कार्यक्रममा सहभागी नहुनु भनेर सबै कर्मचारीलाई पत्र पठाईसकेका छौं ।’ उनले भने । 
 

Bajaj Pulsar Motorcycle Ad
#भलिबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

Bajaj Pulsar Motorcycle Ad
आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा