महिला साफ : श्रीलंकाको टोली नेपालमा
आइतबार, १९ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन श्रीलंकाको टोली नेपाल आईपुगेका छन् ।
श्रीलंकाको टोली आइतबार नेपाल आईपुगेका हुन् । श्रीलंकाको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
श्रीलंका समूह 'बी' मा रहेको छ । यस समूहमा नेपाल र भुटान रहेका छन्।
श्रीलंकाले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
महिला साफ : श्रीलंकाको टोली नेपालमा






-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)
